विद्यालय बन्द गर्न विराटनगर महानगरपालिकाको निर्देशन

मोरङ – कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या बढ्दै गर्दा विराटनगर महानगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको छ।
महानगरपालिका शिक्षा शाखाले सूचना प्रकाशन गर्दै पुस २९ गतेबाट महानगर परिसरका सबै विद्यालय बन्दका लागि निर्देशन दिएको हो।

शाखाका अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार जाडो विदासँगै महानगरपालिकाले पुस २९ गते बिहीबारबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो।

यद्यपि, विद्यालयमा जारी परीक्षा भने शुक्रबारसम्म सकिने गरी महानगरले समय दिएको छ। यस क्रममा परीक्षा भएका विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्न निर्देशनसमेत दिएको छ।

 

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्