अछाममा भीम रावलका उम्मेद्वारलाई हराउँदै ओलीनिकट बोहरा निर्वाचित

धनगढी- नेकपा एमालेका नेता भीम रावलको गृहजिल्ला अछाममा उनका उम्मेदवारलाई हराउँदै ओली निकट चन्द्र बोहरा अध्यक्षमा निर्वाचित भएका छन् ।

रावलका अध्यक्षका उम्मेद्वार प्रकाश शाहलाई १ सय २४ मतले पराजित गर्दै ‌ओली निकट बोहरा निर्वाचित भएका हुन् । बोहराले ४ सय ३१ मत प्राप्त गरे भने शाहले ३ सय ७ मत प्राप्त गरे।

अध्यक्ष बाहेकका अन्य पदाधिकारीमा भने शाह प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । बोहराले ओली र शाहले रावलपक्षमा प्यानल नै बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

उपाध्यक्ष पदमा भीमबहादुर बिष्टलाई पराजित गर्दै बलबहादुर कुँवर विजयी भएका छन् । कुँवरले ३ सय ८६ मत पाउँदा विष्टले ३ सय १३ मत पाएका छन्।

सचिवमा आदर्श साउदलाई १९५ मतले पछि पार्दै भीम रावल विजयी भएका छन्।

रावलले ४ सय ५३ मत पाउँदा साउदले २ सय ५८ मत पाएका छन्।

यस्तै, प्रेमबहादुर महर र डम्बरबहादुर बिसी विजयी भएका छन्। बिसी २ सय ६० र महर २ सय ५२ मतका साथ विजयी भएका हुन्। नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७४९ जनाले मतदान गरेका थिए। अन्य सदस्य पदको मतगणना पनि आज राति नै सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्