सुदूरपश्चिमका ८ जिल्लामा एमाले नेतृत्व चयन

धनगढी – सुदूरपश्चिम प्रदेशको बझाङबाहेक बाँकी ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ। गत शुक्रबारदेखि ८ वटा जिल्लामा सुरु भएको अधिवेशन बुधबार सम्पन्न भएको हो।

जिल्ला अधिवेशनबाट ८ जिल्लाले नयाँ नेतृत्व पाएको छ। बैतडी, डडेल्धुरा, डोटी र बाजुरामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने कैलाली,कञ्चनपुर,अछाम र दार्चुलामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

बैतडीमा सुरेन्द्र पाल, डडेल्धुरामा प्रकाश साउद, डोटीमा चक्र मल्ल र बाजुरामा कालीप्रसाद शाहीले जिल्ला नेतृत्वको जिम्मा पाएका छन्।

त्यस्तै कैलालीमा रतन थापा, कञ्चनपुरमा सुरेन्द्र विष्ट, अछाममा चक्र बोहरा र दार्चुलामा प्रेमसिंह धामी निर्वाचित भएका हुन्।

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्