दार्चुलामा प्रहरीबीच चौकीमै झडप, हबल्दार घाइते

धनगढी – दार्चुलामा प्रहरी चौकीमा प्रहरीहरूबीच झडप हुँदा एक हवल्दार घाइते भएका छन्।

बुधबार राति मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो।

सवारी साधन जाँचको विषयलाई लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हबल्दारबीच झडप भएको एक प्रहरी अधिकारीले जानकारी दिए।

मालिकार्जुन प्रहरी चौकीभित्रै उनीहरुबीच झडप भएको थियो। झडपमा प्रहरी हबल्दार मदनसिंह धामी घाइते भएका छन् । उनको हात र शरीरमा चोट लागेको छ।

झडपमा संलग्न सुरक्षाकर्मीहरूलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको छ।

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्