१० किलो चरेससहित महिला पक्राउ

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट दस किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीले रौतहटको पिपरिया परोवा नगरपालिका–९ बंकुल टोल बस्ने ४२ वर्षीया रञ्जु देवीलाई चरेससहित पक्राउ गरेको हो।

प्रहरी चौकी इनर्वाबाट वीरगञ्ज–१६ शंकराचार्य गेटमा खटिएको टोलीले नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा शंका लागी जाँच गर्दा रञ्जुको साथमा चरेस बरामद गरेको थियो। उनले प्याकेट बनाइ ढाड, खुट्टामा कपडाको डोरीले बाँधी अड्काइराखेको र ज्याकेटको खल्तीमा लुकाइछिपाई चरेस लैजाँदै गरेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले पक्रउ परेकी रञ्जुलाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको बताए।

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्