पेस्तोलसहित सुनसरीबाट चार जना पक्राउ

मोरङ– जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई थान पेस्तोल र चार राउण्ड गोलीसहित चार जनालाई पक्राउ गरेको छ।

ईनरुवा नगरपालिका क्षेत्रमा हातहतियारसहित बिहीबार र बुधबार हरिनगर गाँउपालिकाका ७ का ३१ वर्षीय सवरेज मिया, २५ वर्षीय सिकन्दर मलाहा, २३ वर्षीय फरियाद अन्सारी र २० वर्षीय सबीर मियालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले सबिरलाई बुधवार राति सुनसरीको महेन्द्र चोकबाट मोटरसाइकलसहित १ थान कटुवा पेस्तोल, १ राउण्ड गोली बरामद गरेको हो। त्यसैगरी मियाँकै बयानका आधारमा तीन जनालाई थप हतियारसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले सवरेजसहित अन्यलाई बिहीबार बिहान ईनरुवा क्षेत्रबाट १ थान पेस्तोल, ३ राउण्ड गोली, २ थान म्यागजिन र २ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो।

हातहतियारसहित पक्राउ परेका चार जनालाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्