बिजुलीको पोल सार्न १ लाख ४० हजार घुस माग्ने कर्मचारी अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ– स्थानीयले घर बनाउनका लागि ‘पोल सारी पाऊँ’ भनेर निवेदन लिएर जाँदा घुस माग्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।

नेपाल विद्युत प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा सब–स्टेसन पाटन ललितपुरका सब स्टेसन प्रमुख सोमप्रसाद पहाडीलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

गोदावारी नगरपालिका वडा नं १ स्थित दमाइँटारका स्थानीयले आफ्नो निजी जग्गामा प्राधिकरणले गाडेको पोल सारिदिन निवेदन दिएका थिए।तर, पहाडीले सो कामका लागि एक लाख ४० हजार रूपैँया घुस माग गरेपछि स्थानीयले अख्तियारमा उजुरी गरे।

आयोगले उनलाई घुस रकमसहित प्राधिकरण सब–स्टेसन पाटनको कार्यालयबाट नियन्त्रणमा लिएको हो।

पहाडीलाई सेवाग्राहीबाट एक लाख चालीस हजार रुपैयाँ लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्