लागुऔषधसहित रौतहटबाट एकजना पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज– प्रहरीले लागुऔषधसहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ।

लागुऔाषधसहित प्रहरीले चन्द्रपुर नगरपालिका–५ थलही टोल बस्ने २० वर्षका सुमन विकलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा उनको साथबाट विभिन्न किसिमका एक सय ४५ पिस लागुऔषध बरामद गरेको रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्