गुडविल फाइनान्सले १३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ – गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २७ आंै वार्षिक साधारणसभा बिहीबार विद्युतिय माध्यमबाट अभौतिकमार्फत सम्पन्न भएको छ। उक्त वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखले आव २०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त अवसरमा अध्यक्ष साखले संस्थाले निक्षेपतर्फ गत आवको तुलनामा १८.८४ प्रतिशतले वृद्धि गरी रु १० अर्ब ९ करोड ३९ लाख ८४ हजार ९९७ तथा कर्जातर्फ १५.६८ प्रतिशतले वृद्धि गरी रु ७ अर्ब ९१ लाख ३३ करोड ८९ हजार ६८० पु¥याएको जानकारी दिए।

साधारणसभाले संस्थाका अध्यक्ष साखले प्रस्तुत गरेको आव २०७७÷०७८ को आयव्यय विवरण तथा उक्त आवको नाफाबाट ९.१ प्रतिशत बोनस शेयर तथा ३.९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ।

साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधिलगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षाजनक रुपमै कार्य गर्दै लगानीकर्ताहरुलाई गत वर्षभन्दा बढी प्रतिफल दिन सकेको जानकारी गराएका थिए।

जुम मिटिङमार्फत सम्पन्न साधारणसभामा शेयरधनीहरुले वित्तीय संस्थाले थप प्रगति गरी अझ बढी प्रतिफल प्राप्त गर्नुपर्ने शुभकामना दिएका थिए।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्