के बेलायतको संसदमा चिनियाँ कम्युनिस्ट पार्टीकाे घूसपैठ भएकै हाे?

क्रिष्टिने ली।

एजेन्सी – संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एकजना महिला घूसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइभले जनाएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घूसपैठ गरेको भन्दै एमआईफाइभले उनको तस्विर सार्वजनिक गरेको छ।

हङकङ र चीनमा भएका विदेशी नागरिकहरुको तर्फबाट लीले बहालवाला सांसदहरुलाई वित्तीय सहयोग प्रदान गरेको एमआईफाइभले जनाएको छ। लीमाथि बेलायतमा प्रतिबन्ध लगाइएको संसदका सबै दलहरुको समूहको सदस्य बन्न खोजेकोसमेत आरोप लगाइएको छ।

लन्डनस्थित चिनियाँ दूतावासले भने ती आरोप अस्वीकार गरेको छ। ‘विदेशीको संसदमा हस्तक्षेप गर्नु हामीलाई कुनै आवश्यक छैन। हामीले यस्तो प्रयत्न गरेका पनि छैनौं’, दूतावासले भनेको छ।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्