अष्ट्रेलियाले दोस्रोपटक पनि रद्द गर्‍यो जोकोभिचको भिसा

विश्वप्रसिद्ध टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा अष्ट्रेलिया सरकारले दोस्रोपटकका लागि पनि रद्द गरेको छ।

अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले स्वास्थ्य र शान्तिसुरक्षाका लागि जोकोभिचको भिसा रद्द गरेको जानकारी दिएका छन्।

जोकोभिचको भिसा रद्द गरिएको जानकारी दिँदै मन्त्री एलेक्स हकले आफ्नो सीमाको सुरक्षाका लागि अष्ट्रेलियन सरकार कटिबद्ध रहेको उल्लेख गर्दै कोभिड १९ को सम्बन्धमा यसबारे झनै प्रतिबद्ध रहेको बताएका छन्।

उनले गत जनवरी १० मा फेडरल सर्किट र फेमिली कोर्टको आदेशअन्तर्गत जोकोभिचको भिसा रद्द गर्ने पुरानो निर्णयअनुसार यो निर्णय आएको बताएका छन्।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्