काठमाडौँ उपत्यकामा थपिए २ हजार ६ सय ७ नयाँ संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कराण तीन जनाको मृत्यु भएको छ।

हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका छन्।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्