सप्तरीमा तीन दिनमा तीन न्यायाधीशसहित २० जनामा कोरोना पुष्टि

सप्तरी – सप्तरीमा तीन जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।

उनले भने, ‘तीन दिनमा २० जनामा संक्रमण पुष्टि भएको छ। ज्वरो आउनेको संख्या जिल्लामा एकदमै बढ्दै गएको जानकारीमा आए पनि पीसीआर टेस्ट गर्न भने सर्वसाधारण एकदमै कम आउने गरेको बताइएको छ।

संक्रमित सबै होम आइसोलेसनमा रहेका छन्। उनले जिल्लाको कुनै पनि आइसोलेसन तयारी अवस्थामा नरहेको बताए।

राजविराज नगरपालिकासहित जिल्लाका गाउँपालिका नगरपालिकामा तत्काल आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भइरहेको यादवको भनाइ छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर परीक्षण भइरहेको यादवले जानकारी दिए।

 

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्