दिक्तेल रुपाकोट मझुवागढीमा ३ जनालाई कोरोना पुष्टि

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सचेत रहेर ‘आफू बच्न र अरूलाई बचाउन’का लागि आग्रह गरेको छ।

कोभिड–१९ को संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भीडभाड नगर्न आह्वान गरेको छ। जिल्लामा केही दिनयता दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएको छ।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्