लागुऔषधसहित महोत्तरीमा एक जना पक्राउ

सांकेतिक तस्बिर

महोत्तरी – लागुऔषधसहित प्रहरीले महोत्तरीबाट एक जनालाई पक्राउ गरेको छ। सम्सीबाट गौशालातर्फ जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा बर्दिबास(१२ बस्ने राकेश महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

औरही नगरपालिका कठुधारबाट खटिएको प्रहरीले ग१ख ७४९७ नम्बरको बसमा यात्रारत महतोले सरिरमा लुकाएको लागूऔषध नाइट्रोभेट–१० ३० पिससहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

नियन्त्रणमा लिएका महतोलाई जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपी इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्