सिद्धार्थ इन्स्योरेन्सद्वारा ‘कृषि बिमा क्षति मूल्यांकनकर्ता’ तालिम

काठमाडौँ – सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा ‘कृषि बिमा क्षति मूल्यांकनकर्ता’ को तालिम सम्पन्न गरेको छ।

कम्पनीले पुस २५, २६ र २७ गते गरी ३ दिन तालिम सञ्चालन गरेको थियो।

उक्त तालिममा कृषि विभागका कृषि अर्थविद् लोकराज सुवेदी र बिमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका थिए।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्