फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर नेपाली बजारमा

काठमाडौँ – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ। पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टसाथ प्रशस्तै फिचर थप भएर आएको छ।

क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ। नयाँ एसयूभी ट्वारेग–आर विश्वप्रसिद्ध ६ सिलिन्डर भी ६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ।

फोक्सवागन ट्वारेगलाई पोर्स र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्डहरू समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो। डिजाइनर ‘फ्रांक ब्रुज’ ले नयाँ ट्वारेग–आरको डिजाइन गरेका छन् जसलेऔदी क्यु–७, पोर्सकयेन, बेन्त्ली बेन्ताइघार ल्याम्बोर्गिनी युरुसबाट समान प्लेटफर्म र धेरै प्रविधि साझा गर्छ।

ट्वारेग–आर एउटा ठूलो आकारको फन–टु–ड्राइभ लक्जरी एस्युभी हो जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभाप्लान्टमा उत्पादन गरेको हो। नेपालमा सन् २०१० मा आधिकारिक रूपमा बिक्री वितरण गर्दै आएकोे फक्सवागन ट्वारेग समाजको उच्च वर्गले रुचाएको फक्सवागन मोडल हो। २०१० मा बिक्री वितरण भएदेखि नै, ट्वारेग–आर एस्युभी सेग्मेन्तमा नयाँ बेन्चमार्क स्थापित गर्दै आएको छ।

ट्वारेगले ‘सर्वश्रेष्ठ लक्जरी एस्युभी’, स्पोर्ट्स युतिलितीओफ द एयर’, फोर ह्विलर ओफ द एयर, र फोर ह्विल ड्राइभ ओफ द एयर’जस्ता अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अवार्ड जित्दै आएको छ। ट्वारेगको अपग्रेड गरिएको परिरूप, नयाँ ट्वारेग–आर लाइन, फक्सवागनको लामो इतिहासमा उत्पादन गरिएको सबैभन्दा शक्तिशाली कार हो जसले आफ्नो छाप बनाउन र आफ्नो पूर्ववर्तीजस्तै विरासत दोहोर्‍याउन नेपाली बजारमा आएको हो।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्