सरकारले जारी गर्‍यो कोभिड नियन्त्रणसम्बन्धी एक महिने आदेश

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ।

माघ मसान्तसम्म लागू हुने गरी मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो। कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको अवस्थामा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन सरकारले एकमहिने आदेश जारी गरेको हो।

आदेशमा आगामी माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेण्ट स्टोरहरू एक पटकमा २५ जनाभन्दा बढी भीड नहुने गरी सञ्चालन गर्नुपर्नेलगायत विषय समावेश छन्।

सबै सार्वजनिक क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गर्न पनि आदेशमा भनिएको छ।

कलेज तथा स्कुलको नियमित पठनपाठन भर्च्युअल माध्यमबाट गर्न प्रोत्साहित गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको स्रोतले जानकारी दिएको छ।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्