कक्फेक्वा तङनाम मनाइँदै लिम्बू समुदाय

फाइल तस्बिर

तेह्रथुम – पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायले आज कक्फेक्वा तङनाम अर्थात माघे संंक्रान्ती  मनाउँदै छ। लिम्बू समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व आज धूमधामका साथ लिम्बूले मनाइरहेका हुन्।

आज नयाँ संवतको रुपमा मनाइने येले तङवे अर्थात नयाँ वर्ष सुरुवात हुन्छ। चाँप, पैयुँलगायतका वनस्पति फुलेपछि वसन्त ऋतुको आगमनको संकेत गर्छ।

यो दिनलाई लिम्बू समुदायले माछामासुभन्दा पनि कन्दमुल खाएर मनाउने प्रचलन रहँदै आएको आदिवासी जनजाति संंघका केन्द्रीय अध्यक्ष टीआर सेनेहाङले बताए।

तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीलगायत राजधानी तथा विभिन्न मुलुकमा लिम्बू समुदाय बसोबास गर्दै आएका छन्।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्