कटरिना-विकीको विवाहमा सलमानलाई थिएन निम्तो

बलिउड अभिनेत्री कटरिना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन्। विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन्। उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो।

यो प्रश्नको उत्तर अहिले सलमानका ज्वाइँ आयुष शर्माले दिएका छन्। आयुषका अनुसार सलमान र परिवारलाई कटरिनाले विवाहको निम्तो दिएकी थिइनन्।

‘कटरिना कैफ र हामीबीच राम्रो सम्बन्ध छ र हामी सबैजना उनको नयाँ जिन्दगीको लागि शुभकामना दिन्छौं। उनी आफ्नो विवाह नजिकका मान्छेबीच गर्न चाहन्थिइन्। यसमा ठूलो कुरा होइन। तर एउटा कुरा के हो भने खान परिवारलाई निम्तो आएको थिएन’, एक पत्रिकासँगको अन्तर्वार्तामा आयुषले भनेका छन्।

उनले कटरिना खान परिवारका लागि जहिल्यै एक सदस्यको रुपमा रहेको दाबी गरे।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्