सुबिसुको २१औं वार्षिकात्सव, देशभरि २१ ठाउँमा रक्तदान

काठमाडौँ – नेपालको सूचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा देशभरि २१ ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

सामाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।

रेडक्रससँगको सहकार्यमा सञ्चालित रक्तदानमा देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौंडा, वीरगञ्ज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, विराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट र चपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रम सफल गराउन सहयोग पु¥याएका सम्पूर्णप्रति कम्पनीले आभार व्यक्त गरेको छ। आउने दिनहरुमा थप विविध कार्यक्रम गरी सामाजिक उत्तरदायित्वलाई पूर्ण रुप दिन कम्पनी सदैब तत्पर रहेको बताएको छ।

सुबिसु केबलनेट लिमिटेडले केबल तथा डिजिटल टीभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपीएलएस भीपीएनएस, वानएथर्नेट, होलसेल आईपी ट्रान्जिट, एमभीपी, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्