कविता

गोरु जुधाई !!

गोरुहरुले गोरु जुधाउन,
गोरु तयार पार्दैछन्।
वर्खामा खेत नजोति, नजोती
राखेका गुरुलाई,
बेस्सरी हरियो परियो
दाना, आटो खुवाउँदैछन् !
गोरुले गोरुलाई ।

हो आज त्यै दिन हो,

एक गोरुका हुल,
अर्का गुरुका हुल डोर्होयाउदै,
युद्धको मैदानमा आउनेछ्न,
अनि त्यो युद्ध मैदान वरिपरी,
युद्धको मज्जा लिन,
गोरु, वहण, गाई, बाछि, राँगा,भैँसी
स्याल, ब्वासा, गिद्द सबै भेला हुनेछन्।
र त्यो माहोल, कालापानी, लिपुलेक
फिर्ता ल्याए जस्तै हुनेछ !
हल्लै हल्ला हुनेछ ।

एक गोरु हातमा माईक बोकी,
युद्धको उद्घोषक गर्दै,
लुरेरभुडे, अग्लारहोचा चुचेरथ्याप्चे ढाका टोपी लाएका,
गोरुलाई अथितिको आसन गराउनेछ।
गोरुहरुका सभापती !
कसैलाई बरिष्ठ अतिथी !
सरकारी गोरु प्रतिनिधि !
विभिन्न संघ–संस्थाबाट पाल्नु भएका गोरुहरु ।
ईत्यादी …
र उपस्थित सबैले जोडदार ताली पिट्नेछ्न ।
त्यो माहोल
नमिता, सुनिता, निर्मलाले न्याय पाए जस्तो हुनेछ ।
हल्लै हल्ला हुनेछ ।

काठमाण्डौबाट गएका,
झोले गोरुहरु जापानीज,
क्यामराले गोरु जुधेको ,
युद्धको रणमैदानका तस्बिर,
कहिले माथिबाट त ,
कहिले मुनिबाट, ठयाक्कै मिलाएर,
खिचिक्क खिच्नेछन् ।
उ त्यो रक्ताम्य फोटालाई,
बुद्धका सुन्दर तस्बिर लिए जस्तै गरि,
ओल्ट्याई, पल्ट्याई हेर्नेछ।
हेर्दै आफै मख्खै पर्नेछन् ।

पढेका गोरुहरु, iphone, mi,opoo, samasung
जे छ्न त्यै बाट स्यालफी लिनेछन् ।
र त्यो फुटो सन्जालमा पुस्ट्याउनेछन् ।
लाईक, कमेन्ट र सेयर, गन्दै,
बाले कमाको, आमाले पकाको,
धानको भात पचाउनेछन् ।
भारतले लिम्पियाधुरा, सुस्ता पचाए जस्तै ।

भोलि पल्ट ,
टिभी, अखबार, रेडियो, अनलाईन, युटुब,
सबका समाचार गोरुका रगतले रङ्गिनेछन्,
र समाचारका शिर्षक यस्ता हुनेछन् ।
काले द्दारा राते पराजित, राम बहादुरलाई सम्मान,
गोरेले किन युद्ध विरायो ?
रातेलाई पोषण नपुगेर त हारेको होईन ?
माले हार्नुमा राजनितिक षडयन्त्र !
यस्तै यस्तै, थुप्रै ।
लाग्ने छ, सबै समाचारले,
देश विकासको बहस गर्दैछन्,
पिडित, गरिबका दु:ख बोल्दैछन् ।
भ्रष्टाचारिको नालीबेलि सब खोल्दैछन्।
तर
ति समचारले केवल गुरुको हार जित भट्याउछन् …!

जब खेतमा गोरुले
गोरु विस्तापित गर्दै ट्याक्टर छिरायो,
त्यही दिन देखि , उ गोरु गोरु रहेन !
एक योद्धा बन्यो !

र त्यो त्यै दिन थियो,
जुनदिन उसको हारमा
उ गोरु जुधाएर बिजयको बहाना मनाउन थाल्यो,
उ मानव मानव रहेन,
केवल एक गुरु बन्यो !

र म तिनै गोरुहरुको कुरा काट्ने
एक झुसे गोरु ।

माघि सन्क्रान्तीको शुभकामना गुरुहरुमा॥

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्