जनरल विपीन रावत सवार हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम – भारतीय वायुसेना

भारतीय वायुसेनाले जनरल विपीन रावतसहितको निधन हुनेगरी भएको हेलिकप्टर दुर्घटनाको कारण कुनै षड्यन्त्र वा लापरबाही नरहेको बताएको छ।

हेलिकप्टर दुर्घटना खराब मौसमका कारण भएको वायुसेनाले जनाएको छ। भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपीन रावतको गएको डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। सो दुर्घटनामा रावतकी पत्नीसहित अरु १२ जनाको पनि ज्यान गएको थियो।

भारतीय वायुसेनाले भनेको छ, ‘अनुसन्धानबाट दुर्घटना कुनै प्रकारको यान्त्रिक विफलता, षड्यन्त्र वा लापरबाहीका कारण भएको होइन भन्ने खुल्यो।’

खराब मौसमका कारण दुर्घटना भएको खुलेको उल्लेख गरिएको छ। अचानक बदली भएका कारण दुर्घटना भएको वायुसेनाले जनाएको हो।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्