कोरोना संक्रमण बढेपछि माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा नरोकिने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ।

पछिल्लो  समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभाग/आंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय गरेको हो।

यस अवधिमा सञ्चालित परीक्षा भने नरोकिने त्रिविले जनाएको छ।

‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग/आंगिक क्याम्पसहरुले हिउँदे/बर्षे विदा पाउने शिक्षक/कर्मचारी/विद्यार्थीहरुलाई हिउँदे/बर्षे बिदाबाट मिलान गर्ने गरी २०७८ माघ १० गतेसम्म बिदा दिने,’ त्रिविले जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘हाल सञ्चालनमा रहेका सबै परीक्षाहरु यथावत सञ्चालन गर्ने। परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने।’

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्