नारायणी डेभलपमेन्ट बैंकलाई मर्जरमा जान साधारणसभाले दियो अनुमति

काठमाडौँ – नारायणी डेभलपमेन्ट बैंक लिमिटेड चितवनले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। चितवन रत्ननगर १, टाँडीमा केन्द्रीय कार्यालय रहेको बैंकले अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा भौतिक तथा भर्चुअल माध्यमबाट सौराहास्थित होटल सेन्ट्रल पार्कमा साधारणसभा सम्पन्न गरेको हो।

सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकताअनुसार उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत दिने निर्णय गरेको छ।

सभामा शेयरधनीहरुले बैंक समस्याग्रस्त अवस्थाबाट मुक्त गराई हालको अवस्थामा ल्याउन सफल भएकोमा सञ्चालक समिति तथा सिङ्गो बैंक व्यवस्थापनप्रति खुसी व्यक्त गर्दै थप प्रगति गर्नको लागि विभिन्न सुझावसहित शुभकामना व्यक्त गरेका थिए।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्