कपिल शर्माको ‘बायोपिक’ बन्दै

चर्चित भारतीय कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ।

बलिउड चलचित्र निर्माता महावीर जैनले कपिलको जीवनमा आधारित बायोपिक चलचित्र बनाउने घोषणा गरेका हुन्। उक्त चलचित्रको नाम ‘फनकार’ राखिएको छ।

चलचित्रको निर्देशन मृगदीप सिंह लाम्बाले गर्नेछन्। बलिउड फिल्म समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले कपिलको बायोपिक बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

हाल सोनी टिभीमा ‘द कपिल शर्मा शो’ सञ्चालन गरिरहेका कपिल पञ्जाबको अमृतसरमा जन्मिएका थिए। उनी गायक बन्ने सपना बोकेर मुम्बइ पुगेका थिए।

तर कमेडी रियालिटी शो ‘लाफ्टर च्यालेञ्ज’को विजेता बनेपछि उनको चर्चा चुलिएको थियो। त्यसपछि उनले सोनी टिभीमा कमेडी सर्कसमा पनि काम गरेका थिए।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्