शक्तिशाली ज्वालामुखी विस्फोटपछि न्यूजिल्याण्ड, फिजी, टोंगालगायतका देशमा सुनामीको खतरा

न्यूजिल्याण्ड, फिजी र टोंगालगायत कयौँ देशमा भएको शक्तिशाली ज्वालामुखी बिस्फोटनपछि सुनामी आउने खतरा देखिएको छ। यो ज्वालामुखीको बिस्फोटन पानीभित्र भएको थियो।
टोंगाबाट सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरुमा पानीको छालहरु कयौँ घर र चर्चको माथिबाट बगिरहेको देखिइरहेको छ। प्रत्यक्षदर्शीहरुका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जहाँतँही छरिएको थियो।
Stay safe everyone 🇹🇴 pic.twitter.com/OhrrxJmXAW
— Dr Faka’iloatonga Taumoefolau (@sakakimoana) January 15, 2022
सहरमा बस्ने नागरिकलाई अग्लो ठाउँमा स्थानान्तरण हुनको लागि अनुरोध गरिएको छ। हुँगा टोंगा– हुँगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा ताजा बिस्फोट हो।
उता फिजीको राजधानी सुवामा ८ मिनेटसम्म भएको ज्वालामुखी विस्फोटको स्वर ठूलो रहेको र यसको आवाज ५०० माइल परसम्म सुनाइदिएको त्यहाँका अधिकारीहरुले बताएका छन्।
Tonga’s Hunga Tonga volcano just had one of the most violent volcano eruptions ever captured on satellite. pic.twitter.com/M2D2j52gNn
— US StormWatch (@US_Stormwatch) January 15, 2022
टोंगाको भूगर्भ विभागका अनुसार ज्वालामुखीबाट निस्किएको ग्यास, धुँवा र बादल आकाशभन्दा २० किलोमिटर उचाई माथि पुगेका थिए। टोंगाको राजधानी यो ज्वालामुखीभन्दा ६५ किलोमिटर पर रहेको छ।
अष्ट्रेलियाको मौसम विभागका अनुसार १ दशमलव २ मिटर अग्लो सुनामी त्यहाँ आइरहेको देखिएको छ। यही ज्वालामुखीले २३०० किलोमिटर पर रहेको न्यूजिल्याण्डमा पनि तुफान आउने संभावना रहेको छ।