कैलालीमा मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

सांकेतिक तस्बिर।

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा धनगढी उपमहानगरपालिका– १७ की ४० वर्षीया ऐतवारी रानाको मृत्यु भएको हो।

शनिबार साँझ धनगढी उपमहानगरपालिका–१६ पथरी स्थित गोकंनरी खोलामा स्थानीय राजेश रानाले चलाएको सुदूरपश्चिम प्र ०१ ००९ प ५९७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकल पछाडी सवार ऐतवारी पुलबाट खोलामा खसेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्