नेपाल ल्याइँदै फोटोनको लाइट ट्रक अमार्क

काठमाडौँ – नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइट ट्रक सेग्मेन्टमा फोटोन अमार्क मार्च महिनामा नेपालमा ल्याउने तयारी गरेको छ। एमएडब्लु वृद्धिले मार्चको पहिलो साता  फोटोन अमार्क नेपालमा ल्याउने जानकारी दिएको छ।

पूर्वाधार निर्माणको दायरा फराकिलो भएसँगै नेपालमा विभिन्न ब्रान्डका ट्रकहरु बिक्री वितरण हुँदै आएका छन्। कुनै समय सीमित व्यवसायीहरूले मात्र प्रयोग गर्ने ट्रक अब सबै प्रकारका व्यवसायमा प्रयोग हुन थालेको छ।

ट्रक भन्नेबित्तिकै ठूला र धेरै भारबहन गर्न सक्ने साधनको रुपमा आम मानिसले बुझ्दै आएको पाइन्छ। तर, अहिले बजारमा लाइट ट्रक सेग्मेन्टमा उपलब्ध साधनमा धेरै व्यवसायीले रुचि देखाउन थालेका छन्।

फोटोनको आउँदै गरेको अमार्क ट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित रहेको छ। फोटोन अमार्कमा क्याविनको डिजाइन पनि उत्कृष्ट रहेको छ। यसलाई फोटोनले अत्याधुनिक फिचरले सुसज्जित बनाएको छ।

यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चार्ज्ड डिजेल, वाटर कुलिङ इन्जिन रहेको छ। यसको रेटेड पेलोड क्यापासिटी ३७३० केजी रहेको छ। यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्सपावर र २२५ न्यूटन मिटर टर्क जेनरेट गर्छ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड  एस,  १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल, १६-सिट क्षमताको भ्यान भ्यु सीएस२ र १५-सिट क्षमताको भ्यान भ्यु सी २ का साथै  विभिन्न प्रकारका  एम्बुलेन्स बेच्दै आएको छ।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्