लता मंगेशकर अझै आईसियूमा, स्वास्थ्य अवस्था स्थिर

प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था स्थिर रहेको छ। उनलाई उपचार गरिरहेका डाक्टर प्रतित समधनीले उनको अहिले पनि उपचार भइराखेको जानकारी दिएका छन्। लता हाल चिकित्सकको निगरानीमा छिन्।

भारतीय सञ्चार माध्यमका अनुसार लताले आफ्नो स्वास्थ्य आवस्थाको बारेमा धेरै कुरा बाहिर ल्याउन चाहिरहेकी छैनन्।

उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो। संक्रमण पुष्टि भएपश्चात उनी अस्पताल भर्ना भएकी थिइन्। अहिले उनका परिवार र शुभचिन्तकले स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्