पर्वतको जलजलामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडले पर्वतको जलजला गाउँपालिका– ७ धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ।

जलजला गाउँपालिका वडा नं ७ का अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख विक्रम ढुंगानाले गरेका थिए।

कार्यक्रममा अजोड इन्स्योरेन्स प्रधान कार्यालयका कृषि विभाग प्रमुख दीपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रस्ट पारेका थिए।

कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादवप्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्