हरपलको नयाँ ब्राण्ड ‘गुलाब बासमती’ चामल बजारमा

काठमाडौँ – हरपल चामलको नयाँ ब्राण्ड गुलाब बासमती चामल नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ। विगत १७ वर्षदेखि हरपल ब्राण्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको हरपल फुड्सले यो चामल बजारमा ल्याएको हो ।

१ केजी, ५ केजी र १० केजीको प्याकमा गुलाब बासमती चामल बजारमा उपलब्ध रहेको प्रवन्धक तारामान धामीले जानकारी दिए। गुलाब बासमती चामल देशभरको बजारमा उपलब्ध भइसकेको धामीले बताए।

भारतलगायत खाडी मुलुक र युरोपमा उपलब्ध यो चामल नेपाली बजारमा लोकप्रिय हुनेमा कम्पनी विश्वस्त रहेको धामीले सुनाए। ‘हरपल चामलले विगत १७ वर्षदेखि नेपाली बजारमा आम उपभोक्ताहरुको मन जित्न सफल छ’, धामीले थपे, ‘गुलाब बासमती पनि आम उपभोक्ताको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं।’

हरपलले वर्षेनी नयाँनयाँ ब्राण्डहरु थप्ने क्रममा यो वर्षदेखि गुलाब बासमतीको बिक्री सुरुवात गरेको जनाएको छ। उपभोक्ताहरुको रुचि र आवश्यकतालाई मध्यनजर गरी अंग्रेजी नयाँवर्ष २०२२ देखि गुलाब बासमती चामल उपलब्ध गराइएको हरपल फुड्सले जनाएको छ। ‘विशेष गरी बासमती चामल उपभोग गरिरहेका बासमती चामलका पारखीहरुलाई मध्यनजर गरेर यो चामल बजारमा ल्याएका हौं’, धामीले भने, ‘भारतमा २४ वटै प्रान्तमा यो चामल निकै लोकप्रिय रहेको छ।’

त्यस्तै कम्पनीले ग्यालेक्सी प्रिमियम बासमती राइस २० केजीको प्याकमा, ग्यालेक्सी जम्बो ११२१ बासमती राइस २० केजी, ५ केजी र १ केजीको प्याकमा र ग्यालेक्सी ब्राउन बासमती राइस १ केजीको प्याकमा बजारमा बिक्री वितरण गरिरहेको छ। त्यसैगरी कम्पनीले हरपल रिच राइस २० केजी र ५ केजीको प्याकमा बजारमा उपलब्ध गराइरहेको छ। मधुमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० केजी र ५ केजीको प्याकमा उपलब्ध गराइएको छ।

कम्पनीका अनुसार हरपल पसन्द चामल स्टिम र बोइल गरेर २० र ५ केजीमा उपलब्ध छ। दीपम सोनम जिरा मसिनो चामल २५ केजीमा उपलब्ध छ। शुभमालिका ब्राण्डको चामल पनि नेपाली बजारमा कम्पनीले बिक्री वितरण गरिरहेको छ। यो चामल २५ केजीको प्याकमा उपलब्ध छ।

स्पेशल बिर्यानीका लागि ग्यालेक्सी गोल्डेन सेला बासमती राइस पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपालको आर्थिक अवस्थालाई मध्यनजर गरेर आम उपभोक्ताको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै होटल, होस्टेल, रेस्टुरेन्ट, थकाली भान्छाघर र क्याटरिङलाई ध्यान दिएर गुणस्तरयुक्त सहुलियत मूल्यमा गुलाब बासमती चामललाई नेपाली बजारमा ल्याइएको धामीले जानकारी दिए।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्