बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा मोरङमा एकजना पक्राउ

सांकेतिक तस्बिर

मोरङ– मोरङको बूढीगंगा गाउँपालिकामा बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मञ्जील मुकारुङका अनुसार बुढीगंगा–१ का ५१ वर्षीय शिव कोइराला पक्राउ परेका हुन्। कोइरालाले गत पुस ३० गते १० वर्षीया एक बालिकालाई घर नजिकै बलात्कारको प्रयास गरेको प्रवक्ता मुकारुङले जानकारी दिए।

घटनाबारे पीडित बालिकाले परिवारका सदस्यलाई जानकारी गराएपछि आइतबार बिहान कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रवक्ता मुकारुङका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा बालिकामाथि बलात्कारको प्रयास भएको खुलेको हो।

घटनाबारे दुई दिनपछि जानकारी पाएको प्रहरीले कोइरालालाई नियन्त्रणमा लिनूपूर्व आक्रोसित स्थानीयको भीडले उनीमाथि आक्रमण गरेको थियो। यसक्रममा कोइरालाको अनुहार र टाउकोमा चोट लागेको छ। चोट लागेका उनलाई प्रहरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याएको थियो।

प्रहरीसमक्ष पीडित बालिकाले शुक्रबार भएको घटनामा आफूले बाहना बनाएर भाग्न सफल भएको बताइएकी थिइन्। पीडित बालिकाले अभिभावकसमक्ष आफूमाथि कोइरालाले बारम्बार यौन दुर्व्यवहार गर्दै आएको बताएको प्रहरीले जनाएको छ।

पक्राउ परेका कोइराला टंकीसिनुवारी जेसिजका पूर्व अध्यक्षसमेत भएको खुलेको छ। कोइरालाविरुद्ध प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाउने जनाएको छ।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्