प्रदेश १ मा थपिए ३४७ जना कोरोना संक्रमित

मोरङ– प्रदेश १ मा गएको २४ घण्टामा ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ६ सय ९५ जनाको पीसीआर परीक्षणमा ३ सय ४ जना र २ सय ५६ जनाको एन्टिजेन परीक्षणमा ४३ जनामा संक्रमण देखिएको जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १ सय ६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा समान २, खोटाङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण भएको हो।

मोरङको विराटनगरमा १ सय ३७, बुढीगंगामा १३, सुन्दरहरैचा र कानेपोखरीमा समान ३, रतुवामाई, कटहरी र बेलबारीमा समान २, जहँदा, रंगेली, उर्लाबारी र ग्रामथानमा समान १ जनामा संक्रमण भएको छ।

त्यसैगरि, झापाको विर्तामोडमा २०, दमकमा १३, कनकाईमा ९, मेचीनगरमा ५, अर्जुनधारामा ३, बुद्धशान्ति र कमल गाउँपालिकामा समान २, भद्रपुर ,कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

सुनसरीको इटहरीमा २५, धरानमा ७, इनरुवामा ४, रामधुनी, गढी र दुहवीमा समान ३, कोशी गाउँपालिकामा २, भोक्राहानरसिंह, हरिनगर, बर्जु र बराहक्षेत्रमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पहाडी क्षेत्रतर्फ उदयपुरको चौदण्डीगढीमा ३ र त्रियुगामा २, ताप्लेजुङको आठराई त्रिवेणी र सिदिङ्वामा समान १, भोजपुरको भोजपुर नगरपालिकामा २, खोटाङको दिप्रुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण भएको जनाएको छ।

अर्कोतर्फ प्रदेशमा आइतबार २१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। यसरी संक्रमणमुक्त हुनेमा ७ महिला र १४ पुरुष रहेका छन्। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ८० रहेको छ।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्