प्रचण्ड कोरोना संक्रमणमुक्त

फाइल फोटो।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन्।

आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो।

पीसीआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै प्रचण्ड कोनामुक्त भएको छोरी रेणु दाहालले जनाएकी छन्।

कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्