भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

फाइल तस्बिर।

झापा– भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ९२ हजार बराबरको ६४० केजी माछा प्रहरीले आज बरामद गरेको छ।

गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे १ च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो।

सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा हाली आजै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्