प्रदेश २ को नाम र राजधानीकाे मतदानमा सञ्चारकर्मीलाई रोक, विराेधमा क्यामेरा डाउन

जनकपुरधाम – प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भइरहेको मतदानमा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको छ।

आज जारी  मतदान प्रक्रियामा सञ्चारकर्मीहरुलाई रोक लगाएपछि विराेधस्वरुप सञ्चारकर्मीहरुले क्यामेरा डाउन गरेका छन्।

झण्डै चार वर्षपछि दोस्रो पटक प्रदेशको स्थायी राजधानी र नामकरणका लागि मतदान हुँदैछ। कोरोनाको जोखिम रहेकाले प्रदेशसभा परिसरमा प्रवेश गर्न पत्रकारलाई रोक लगाइएको हो।

सभामुख सरोजकुमार यादव र सचिव रञ्जितकुमार यादवले पत्रकारहरुलाई प्रवेश गर्न नदिन प्रहरीलाई निर्देशन दिएका हुन्।

पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाको अगुवाइमा पत्रकारहरुले क्यामेरा डाउन गरेका छन्। उनीहरुले अहिले क्यामेरा डाउन गरेर विरोध जनाइरहेका छन्।

माघ ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्