साँध मिच्ने दाजै

१. हेल्लो कता हो ?
बाटो बनाएछ त
दोबाटोमा छौ ?
२. एक नायक
बंकर-धर्मशाला
क्यामेराभित्र ।
३. अर्को नायक
कुण्डली हेराउँदै
कस्तो बिचित्र !
४. नायकहरू
रत्यौलीमा घोच्पेच
हराए मित्र ।
५. बुझ्यौ बुझेनौ
मुहान् सफा गरे पो
तिमी मभित्र ।
६. कर्मवीरले
हुरी-बतास प्रेस
नबोक्नु बेस !
७. ओमिक्रोन छ
ठेलमठेल भीड
नफेर्नु भेष ।
८. उहिल्यै एक
मुसाको चट्नी चाख्दै
चहार्थे देश ।
९. के चाखिँदैछ ?
मुग्लिनमा छापा’ थ्यो
लाग्यो कि ठेस।
१०. सम्हाल होश
सेवक भई बस
नलाऊ दोष ।
११. राम्ररी सुन-
साँध मिच्ने दाजैको
फरूवा खोस ।