सुदूरपश्चिममा थप ३४५ जनामा कोरोना पुष्टि

धनगढी– सुदूरपश्चिम प्रदेशमा सोमबार ३ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार २ सय ७५ जनाको कोरोना परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो।

१ हजार ३३ जनाको पीसीआरमार्फत र २ सय ४२ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
आज संक्रमण पुष्टि भएकामध्ये १ सय ५४ जना आजै भारतबाट आएका नागरिक हुन्।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर आज एक हजार १ सय ६९ नेपाली स्वदेश फर्केका छन्।

माघ ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्