अफ्रिका कप अफ नेशन्स : आयोजक क्यामरुन समूह विजेता

आयोजक क्यामरुन समूह ए को शीर्ष स्थानमा रहँदै अफ्रिका कप अफ नेशन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा खेलमा केप भर्डीसँग १–१ को बराबरीमा रोकिए पनि तीन खेलबाट सात अंकसहित क्यामरुन समूहको शीर्ष स्थानमा रहेको हो ।

अर्को खेलमा इथियोपिया र बुर्किना फासोले पनि १–१ को बराबरी खेलेका छन्। चार अंकसहित बुर्किना फासो समूहको दोस्रो स्थानमा रह्यो ।

चार अंकसहित नै तेस्रो स्थानमा रहेको केप भर्डी तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिमका रुपमा अन्तिम १६ मा पुग्ने सम्भावना बाँकी छ ।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्