भारतमा एकैदिन थपिए दुई लाख ३८ हजार संक्रमित, अघिल्लो दिनको तुलनामा २० हजार कम

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ३८ हजार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार अघिल्लो दिनको तुलनामा २० हजार ७१ कम व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

भारतमा कोभिड–१९ का कारण ३१० जनाको मृत्यु भएको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या १७ लाख ३६ हजार ६२८ रहेको छ । दैनिक संक्रमणदर हाल १४.४३ प्रतिशत रहेको भारतको स्वास्थ्य स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या ८ हजार ८९१ पुगेको छ । अघिल्लो दिनको तुलनामा ८.३१ प्रतिशत ओमिक्रोनका संक्रमितको संख्या बढेको हो ।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्