विराट कोहलीको लागि अनुष्का शर्माको भावुक पोष्ट, ‘मेरो माया, मलाई तिमिमा गर्व छ’

विराट कोहलीले गएको शनिबार टेस्ट क्रिकेटकाे कप्तानी छोड्ने घोषणा गरे। यसपछि कोहलीको लागि पत्नी अनुष्काले इन्स्टाग्राममा भावुक पोस्ट गरेकी छन्।

अनुष्काले सन् २०१४ मा विराटलाई कप्तान बनाइएको दिन पनि सम्झेकी छन्। ‘त्यो दिन तपाईँले मलाई कप्तान बनाइयो  भन्नुभएको थियो। किनकी धाेनीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय लिएका लिनुभएकाे थियाे।’ उनले अगाडि लेखेकी छन्, ‘मलाई याद छ, त्यो दिन धोनी, तपाईँ र म कुरा गरिरहेका थियौँ । त्यो बेलामा धाेनीले भन्नुभएको थियो-हेर्नु अब तपाईँको दारी कति छिट्टै सेता हुनेछन्। यो कुरा सुनेर हामी सबै हाँसेका थियौँ।’

अनुष्काले आफ्नो पाेस्टमा श्रीमान कप्तान भएको समयमा टीम इन्डियाले जे हासिल गर्‍यो, त्यसमा गर्व भएको उल्लेख गरेकी छन्।

‘त्यो दिन पछि मैले तपाईँको दारी सेतो हुने प्रक्रियामा अरु धेरै कुराहरु देखेँ। मैले तपाईँको नजिक र भित्र धेरै प्रगति देखेकी छु। अनि भारतीय क्रिकेट टोलीको कप्तानको रुपमा तपाईँको नेतृत्वमा बनेको टोलीको उपलब्धिहरु माथि मलाई गर्व छ। र तपाईँले आफूभित्र जे कुरा हाँसिल गर्नुभएको छ, त्यसमा मलाई सम्मान छ।’

यो पोस्ट पछिल्लो ७ वर्षमा विराट कोहलीलाई सामना गर्नुपरेको चुनौतिको संकेत पनि हो।

‘सन् २०१४ मा हामी यति सानो र निर्दोष थियौँ कि हामीलाई लाग्थ्यो, राम्रो नियत र सकारात्मक सोच अनि लक्ष्य नै हामीलाई जीवनमा अगाडि लैजानको लागि काफी छ। जीवन अगाडि बढाउनको लागि यी चिजहरु असाध्यै जरुरी छ तर चुनौति सामना गरे बिना अगाडि बढ्न सकिँदैन।’

अनुष्काले अगाडि लेखेकी छन्, ‘तपाईँले सामना गरेका सबै चुनौतिहरु मैदानमा मात्र थिएन। तर यहि जीवन हो, हो कि हैन ? यसले त्यस्ता ठाउँमा तपाईँको परीक्षा लिन्छ, जहाँ यसको कम्तीमा अपेक्षा गरिन्छ। मेरो माया, मलाई तपाईँमाथि गर्व छ, तपाईँले आफ्नो राम्रो नियतको अगाडि केही पनि आउन दिनु भएन।’

अनुष्काले विराट कुनै खेल हारेपछि आँखामा आँशु राखेर बसे पनि हिम्मत नहारेको उल्लेख गरेकी छन्।

‘तपाईँले जुन तरिकाले टोलीको नेतृत्व गर्नु भएको छ, त्यो एउटा मिशाल हो र आफ्नो शरीरको सबै शक्ति लगाएर तपाईँले मैदानमा जीत हाँसिल गर्नुभएको छ।’

झण्डै ४ सय शब्दमा उनले विराट कोहली दोस्रो व्यक्ति भन्दा किन फरक छन् भन्ने कुरा उल्लेख गरेकी छन्। ‘तपाईँ जे हो, त्यही हो र यही आशा गर्नुहुन्छ। तपाईँ खुलेर बोल्नुहुन्छ, देखावटीपन तपाईँको दुश्मन हो। तपाईँको यही गुणले मेरो प्रशंसकलाई आँखामा तपाईँलाई महान बनाउँछ। किनभने यसको पछि सँधै तपाईँको राम्रो र सफा नियत थियो। सबैले यसलाई सहि अर्थमा बुझ्न सक्तैन। वास्तवमा तपाईँलाई नजिकबाट चिन्न पाउने व्यक्ति धन्य हुनेछ।’

 

View this post on Instagram

 

A post shared by AnushkaSharma1588 (@anushkasharma)


आफ्नो पोस्टको अन्त्यमा अनुष्का शर्माले लेखेकी छन्, ‘तपाईँ परफेक्ट हुनुहुन्न र तपाईँमा कमजोरी पनि छ तर तपाईँले यसलाई कहिले लुकाउने कोशिस गर्नु भयो र ? तपाई सधैँ सही र मुश्किल काम गर्नको लागि खडा रहनु भएको छ। तपाईँमा लालचा थिएन, र यो अवस्थामा पनि लालचा छैन मलाई राम्ररी थाहा छ। किनभने जब तपाईँ कुनै चिजलाई यति बलियोसँग समात्नुहुन्छ भने त्यो तपाईँको साथमा नै सीमित हुन जान्छ र मेरो माया तपाईँलाई सधैँ छ।’

विराट कोहलीले आफ्नो कप्तानीबाट सन्यास लिने घोषणा गर्नुभन्दा केही समय अगाडि कोहली र बिसिसिआईको बीचमा विवाद चलिरहेको थियो।

कोहलीले २०–२० विश्वकप अ‍ेल पूर्व भारतको टी–२० समूहको कप्तानी छोड्ने घोषणा गरेका थिए। यस पछि उनले एक दिवशीय कप्तानी पनि उनको साटो रोहित शर्मालाई दिइएको थियो।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्