घाटाले पेट्रोलिय पदार्थ किन्ने पैसा सकियो : निगम

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलिय पदार्थ खरिद गरे बापत इंण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिने रकमको अभाव भएको जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बढेअनुसार नेपाली बजारमा मूल्य समायोजना नगर्दा निरन्तर घाटा हुँदा अब थप पेट्रोलिय पदार्थ खरिद गर्न तत्कालै २ अर्ब रुपैयाँ अभाव देखिएको निगमले उल्लेख गरेको छ।

पाँच दिनपछि जनावरी २३ मा भुक्तानी रकम अभाए भएको जनाउँदै आयोगका सहप्रवक्ता पुस्कर कार्कीले भनेका छन्, ‘अब निगमसँग संचित बचत शून्यको अवस्थामा पुगेकोले ईण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब रू. २ अर्व अपुग हुने स्थिति देखिएको छ।’

आयोगका अनुसार दुई दिनअघि जनवरी १६ प्राप्त नयाँ मूल्य अनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा २ अर्ब २४ करोड घाटा भइ यस आर्थिक वर्षको माघ १७ गनेसम्म २१ अर्ब ५० करोड घाटा सहनुपर्ने अवस्था सिर्जना भएको छ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक अन्ताष्ट्रिय बजारबाट नयाँ मूल्य प्राप्त गरे पनि जम्मा ३ पटक मात्र निगमले मूल्य समायोजन गरेको जनाएको छ।

कार्कीका अनुसार हाल निगमले पेट्रोलमा १३.१८ रुपैयाँमा घाटा, डिजेलमा ८.८१ रुपैयाँ घाटा र मट्टितेलमा २०.५० नाफा भइरहेको जनाएको छ। त्यस्तै हवाई इन्धनमा १४.७३ रुपैयाँ औसत नाफा भइरहेको बताएको छ। एल.पि. ग्यासमा प्रति सिलिण्डर ६४६.१६ घाटा व्यहोर्नु परेको आयोगले जनाएको छ।

कार्कीले ३ महिनासम्म देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख अहिलेको मूल्यमा निगमलाई न्यूनतम १२ अर्ब रुपैयाँ आवश्यक रहेकाे बताए।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्