प्लाष्टिकजन्य फोहोर नियन्त्रणका लागि बाध्यकारी सन्धिको खाँचोः अध्ययन प्रतिवेदन

प्लाष्टिकबाट निस्कने फोहोर विश्वव्यापी आपतकालको अवस्था सरह रहेकाले बलियो संयुक्त राष्ट्रसंघीय सन्धि आवश्यक रहेको एक प्रतिवेदनमा उल्लेख छ।

द इन्भाइरोमेन्टल इन्भेस्टिगेशन एजेन्सी (इआइए) ले जारी गरेको प्रतिवेदनमा प्लाष्टिकबाट हुने हानीका प्रशस्त प्रमाण रहेको उल्लेख गरिएको हो।

प्लाष्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौति जलवायु परिवर्तनको सरह रहेको इआइएको प्रतिवेदनमा भनिएको छ।

सास फेर्ने हावा, खाने खाना, माटो तथा हिउँमा पनि प्लाष्टिकका साना कणहरु रहेको प्रतिवेदनमा उल्लेख छ।

थाइल्याण्डमा प्लाष्टिकजन्य फोहोर खाएपछि करिब २० वटा हात्ती मरेका थिए। त्यसले पनि प्लाष्टिकजन्य फोहोरको गम्भीरता देखाउने जनाइएको छ।

अनुसन्धानकर्ताहरुले प्लाष्टिकको उत्पादन तथा प्लाष्टिकजन्य फोहोरको मात्रा कम गर्नका लागि बाध्यकारी संयुक्त राष्ट्रसंघीय सन्धिको खाँचो रहेको औँल्याएका छन्।

अहिलेकै अवस्था कायम रहेमा सन् २०४० सम्ममा समुद्रहरुमा प्लाष्टिकको मात्रा त्यहाँ रहेका माछाको भन्दा बढी हुने चेतावनी दिइएको छ।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्