विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्याको सम्बन्धविच्छेद

दक्षिण भारतीय क्षेत्रका सुपरस्टार धनुष र उनकी श्रीमती ऐश्वर्याले १८ वर्षको वैवाहिक सम्बन्ध टुंग्याएका छन्। यी दुईको सन् २००४ को नोभेम्बर १८ मा विवाह भएको थियो। यी दुईका २ छोराहरु यात्रा र लिंगा छन्। ऐश्वर्या भारतका सुप्रसिद्ध कलाकार रजनीकान्तकी छोरी हुन्।

धनुषले सम्बन्ध टुंगाएको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। उनले आफूहरु १८ वर्षदेखिको साथीत्व, दाम्पत्य जीवन, जो दुई सन्तानको अभिभावक अनि एक अर्काको भलो चिताउने व्यक्ति रहेको बताएका छन्।

‘यो यात्रा एक अर्कालाई बुझ्दै, सिक्दै र मिल्न खोज्दै अगाडि बढिरहेको थियो,’ उनले अगाडि लेखेका छन्, ‘हामी आज हाम्रो अलगिएको बाटोमा आएर उभिएका छौँ।’

उनले आफूलाई आफैले बुझ्नको लागि समय चाहिएको उल्लेख गर्दै आफूहरुको निर्णयलाई सम्मान गरिदिन दर्शकलाई आग्रह गरेका छन्।
ऐश्वर्याले धनुषको यही पोस्टलाई इन्स्टाग्राममा साझा गरेकी छन्। उनले ‘तपाईको बुझकीपन र मायाको आवश्यकता छ’ भनेर यो पोस्ट सार्वजनिक गरेकी छन्।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्