प्रदेश १ मा थपिए १०७१ जना कोरोना संक्रमित

मोरङ– गत २४ घण्टामा प्रदेश १ मा थप १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ को सामाजिक मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार ५ सय ५७ जनाको पीसीआर परीक्षणमा ९ सय २१ जनामा र ५ सय ७ जनाको एन्टिजेन परीक्षणमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ४ सय ४८, सुनसरीमा २ सय ८६, झापामा १ सय २६, इलाम र धनकुटामा समान ५, भोजपुर र उदयपुरमा समान ४, संखुवासभामा ३, ताप्लेजुङमा २, ओखलढुङ्गा, तेह्रथुम र सोलुखुम्बुमा समान १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगर महानगरपालिकामा ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरि, बुढीगंगामा २२, बेलबारीमा ९, सुन्दरहरैचामा ८, रंगेली र केराबारीमा समान ५, उर्लाबारी, कटहरी र ग्रामथानमा समान २, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा समान १ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको धरानमा १ सय ८७, इटहरीमा ७२, दुहवीमा ९, इनरुवामा ७, रामधुनीमा ३, देवानगञ्ज, कोशी गाउँपालिका र बराहक्षेत्रमा समान २, बर्जु र भोक्राहानरसिंहमा समान जनामा संक्रमण भएको छ।

यस्तै झापाको बिर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, बाह्रदशी र बुद्धशान्तिमा समान ३, हल्दिबारीमा २, कचनकवल र गौरादहमा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरि पहाडी क्षेत्रतर्फ इलामको चुलाचुलीमा २, सुर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा समान १, धनकुटाको धनकुटा नगरपालिकामा ४ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्केमैयुङमा १, उदयपुरको त्रियुगामा ४, संखुवासभाको सभापोखरीमा २ र स्थानीय तह नखुलेका १, ताप्लेजुङमा २, ओखलढुङ्गाको लिखु गाउँपालिका, तेह्रथुमको लालीगुराँस र सोलुखुम्बुको नेचासल्यानमा समान १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको छ।

प्रदेशमा मंगलबार ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन्। यससँगै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

मृत्यु हुनेमा झापा र मोरङबाट समान १ जना महिला र उदयपुरबाट १ पुरुष रहेका छन्। यसैगरि हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ६७ रहेको छ।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्