अब सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य

काठमाडौँ- कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ।

मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको बैठकले माघ ७ गते शुक्रबारबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो।

मंगलबार एकै दिन कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च १० हजार २ सय ५८ पुगेको छ। कुल जाँचेका संक्रमितमध्ये ४५ प्रतिशतलाई कोरोना संक्रमण देखिएको हो।

यसअघि सरकारले सार्वजनिक सेवा लिँदामात्र खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको छ।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्