भारतमा एकैदिन दुई लाख ८२ हजार बढी संक्रमित थप

फाइल फोटो

भारतमा एकैदिन दुई लाख ८२ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार (२४ घण्टाको अवधिमा) दुई लाख ८२ हजार ९७० नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन सोमबारको भन्दा ४४ हजार ८८९ बढी संक्रमित थपिएका हुन्।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४४१ जनाको ज्यान गएको छ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार तथा दैनिक संक्रमणदर १५.१३ प्रतिशत छ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या ८ हजार ९६१ पुगेको छ। अघिल्लो दिनको तुलनामा ओमिक्रोन भेरियन्टका संक्रमतको संख्या ०.७९ प्रतिशतले बढेको हो।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्