
सांकेतिक तस्बिर
वीरगञ्ज – वीरगञ्ज बसपार्कमा यात्रु लुाटपाट गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले यात्रुलाई लुटपाट गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बस्ने सुमन श्रेष्ठ, विकाश थापा मगर र रमेश साह सोनारलाई पक्राउ गरेको हो ।
तीनैजनाले वीरगञ्ज भानुचोकमा रहेको बसपार्कमा पोखराबाट आएका बाराको सिम्रौनगढ नगरपालिका ७ पर्सा टोला बस्ने वर्ष २३ को माजिद अंसारीलाई रिक्सामा चढाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले अन्सारीको साथमा रहेको मोबाइल फोन र नगद लुटी वीरगञ्जको प्रतिमा चोकमा छोडेका थिए।