टेडेक्स दरबारमार्गले आउँदो मे र अक्टोबरमा कार्यक्रम गर्ने

काठमाडौँ – विश्व चर्चित कार्यक्रम टेडेक्सको नेपाली संस्करण टेडेक्स दरबारमार्गले आउँदो मे र अक्टोबरमा कार्यक्रम गर्ने भएको छ।
ठमेलमा रहेको एलोफ्ट होटलमा मंगलबार एक कार्यक्रम गरी टेडेक्स दरबारमार्गले आफ्ना भावी कार्यक्रम घोषणा गरेको हो।
आउँदो मेमा हुने टेड टक्स २०२२ मा ६ वक्ता रहने र त्यसमा दुईजना अन्तर्राष्ट्रिय हुने जनाइएको छ।
यस्तै आउँदो अक्टोबरमा टेडेक्स नेपालले क्षेत्रीय कार्यशाला पनि गर्ने भएको छ। सो कार्यशालामा दक्षिण एसियाली क्षेत्रका टेडेक्स शाखाहरुको सहभागिता रहने छ।